चितवन, १९ जेठ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय सरकारले चितवन जिल्लाभित्रका ७ वटा स्थानीय तहलाई ५ अर्ब १ करोड १८ लाख रुपैयाँ अनुदान दिने भएको छ।
अर्थ मन्त्रालयले अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने अनुदान रकमको बाँडफाँड सार्वजनिक गरेको हो। अनुदान चार प्रकारका छन्—समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान।
सबैभन्दा धेरै भरतपुर महानगरपालिकाले २ अर्ब ३६ लाख रुपैयाँ अनुदान पाएको छ।
महानगरका उपनिर्देशक जगन्नाथ पौडेलका अनुसार, भरतपुरले
-
समानीकरण : ४० करोड ८३ लाख
-
सशर्त : १ अर्ब ५७ करोड ४५ लाख
-
विशेष : १ करोड ४३ लाख
-
समपूरक : ६५ लाख
गरि कुल २ अर्ब ३६ लाख रुपैयाँ प्राप्त गरेको हो।
अन्य स्थानीय तहमा अनुदान विवरण यस्तो छ:
🔹 रत्ननगर नगरपालिका – ५८ करोड ८२ लाख
-
समानीकरण : १७ करोड ८९ लाख
-
सशर्त : ३९ करोड ७० लाख
-
विशेष : ६८ लाख
-
समपूरक : ५५ लाख
🔹 राप्ती नगरपालिका – ५४ करोड
-
समानीकरण : १६ करोड ५० लाख
-
सशर्त : ३४ करोड ७८ लाख
-
विशेष : २ करोड १५ लाख
-
समपूरक : ८७ लाख
🔹 खैरहनी नगरपालिका – ५० करोड ३२ लाख
-
समानीकरण : १५ करोड ५४ लाख
-
सशर्त : २६ करोड ४४ लाख
-
विशेष : ५ करोड १० लाख
-
समपूरक : ३ करोड २४ लाख
🔹 माडी नगरपालिका – ४७ करोड ७४ लाख
-
समानीकरण : १२ करोड ८३ लाख
-
सशर्त : ३२ करोड ११ लाख
-
विशेष : १ करोड ९० लाख
-
समपूरक : ९० लाख
🔹 कालिका नगरपालिका – ४३ करोड १ लाख (सबैभन्दा कम)
-
समानीकरण : १३ करोड ८५ लाख
-
सशर्त : २५ करोड ५८ लाख
-
विशेष : २ करोड ८५ लाख
-
समपूरक : ७३ लाख
🔹 इच्छाकामना गाउँपालिका – ४६ करोड ६३ लाख
-
समानीकरण : १० करोड १८ लाख
-
सशर्त : ३४ करोड ९७ लाख
-
विशेष : ६८ लाख
-
समपूरक : ८० लाख
संघीय सरकारको यो अनुदान रकम स्थानीय विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाजस्ता कार्यक्रमहरूमा खर्च गरिने जनाइएको छ।

