कोशी लोकमार्गकाे सडक बाढीले बगायो, यातायात पूर्ण रूपमा अवरुद्ध

 विराटनगर, १७ जेठ। अविरल वर्षासँगै आएको बाढीले कोशी लोकमार्गको धनकुटा खण्डमा सडक बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

आज बिहान करिब ५:३० बजे लेउती खोलामा आएको बाढीले धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–६ फेदी भन्ने स्थानमा करिब १०० मिटर कालोपत्रे सडक बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठका अनुसार, सडक बगेपछि दुवैतर्फका सवारी साधन पूर्ण रूपमा रोकिएको छ। त्यसैगरी, कोशी लोकमार्गको नमस्ते झरना छेउ खण्डमा रुख ढलेर सडक अवरुद्ध भएको थियो। तर, रुख हटाएर सो स्थानको सडक खुलाइएको प्रहरीले जनाएको छ।

वर्षाकै कारण तमोर करिडोर सडक पनि अवरुद्ध भएको छ। त्यस्तै, छरुवा खोलमामा आएको बाढीका कारण धनकुटाको चौबिसे गाउँपालिका–४ खण्डमा पनि सडक अबरुद्ध भएको छ। प्रशासन र सुरक्षाकर्मीले अवरुद्ध सडक खोल्ने प्रयास गरिरहेका छन् भने यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।–00-

Share:

सम्बन्धित समाचारहरु