काठमाडौं, १५ जेठ । सत्तारुढ नेकपा एमालेले आजको गणतन्त्र दिवसलाई गौरव, गरिमा र एकताको उत्सवका रूपमा मनाउँदैछ।
पार्टीका महासचिव शंकर पोखरेलका अनुसार भृकुटीमण्डपमा बिहान ११ बजेदेखि २ बजेसम्म सांस्कृतिक झाँकीसहित विशेष कार्यक्रम हुने छ। देशभरका जिल्लामा पनि कार्यक्रम सञ्चालन गरिनेछ।
२०६५ सालको जेठ १५ गते राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भएको सम्झनामा एमालेले आजको दिनलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको हो। पोखरेलले गणतन्त्र दिवसमा बजेट प्रस्तुत गर्ने परम्परा बदल्न सुझाव दिँदै सरकारले यस दिनलाई राष्ट्रिय उत्सवका रूपमा मनाउनुपर्ने बताएका छन्।
एमालेले यस दिनको महत्व दर्शाउन स्वयंसेवक प्रशिक्षण र जनसंपर्क अभियानसमेत सञ्चालन गरेको छ।


