रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति

कास्की, ८ कार्तिक ।

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अनुसन्धानका लागि थप सात दिनको समय दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले दिए ।

सहकारी ठगी प्रकरणमा लामिछाने गत शुक्रबार (कात्तिक २ गते) काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सोही दिन राति स्थलमार्गबाट पोखरा लगिएको थियो ।

यसअघि, अदालतले लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको म्याद दिएको थियो । तर, रास्वपाले लामिछानेलाई पोखरा ल्याएर बयान नलिएको भन्दै आक्रोश व्यक्त गरेको छ ।

बिहान पोखरामा पत्रकार सम्मेलन गर्दै रास्वपाले आक्रोश पोखेको हो ।

Share:

सम्बन्धित समाचारहरु