माडी क्याम्पस स्ववियु अध्यक्षले मनमोहन बालग्राम पुगेर जन्मदिन मनाए

माडी, ३ असोज । माडी क्याम्पस स्ववियु अध्यक्ष राकेश चौधरीले स्थानीय मनमोहन बालग्राममा आफ्नो २५ औं जन्मदिन मनाएका छन् । माडी-४, सिधुवा गाउँ निवासी युवा अगुवा एवं माडी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सभापति राकेश चौधरीले आफनो २५ औं जन्मदिनको अवसर पारी बालग्रामलाई फलफूल, खेलकुद सामग्री र स्टेशनरी सामग्री सहयोग गरे ।

चौधरीले जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई कटौती गरी माडी नगरपालिका वडा नं. ६ स्थ्ति मनमोहन बालग्राममा रहेका बालबालिकाहरुलाई स्टेशनरी, खेलकुद सामग्रीसँगै खानेकुरा वितरण समेत गरे ।

बालबालिकाहरूलाई पठन पाठनमा सहयोग पुगोस् भनी बालग्राममा नै आएर शैक्षिक सामग्री सहयोग  गरेका हुन ।  करीब ५० जना बालबालिकाहरुलाई संरक्षण गरेको सो बालग्रामलाई जन्मदिन र अन्य अवसरहरुमा दाताहरुले सहयोग गर्दै आएका छन् ।

यस अघिपनि चौधरीले विभिन्न बालआश्रम देखि बृद्धाआश्रम पुगेर आफ्नो जन्मदिन मनाउँदै आएका थिए । आगमी वर्षहरुमा यस्ताखालका सामाजिक कामलाई निरन्तरता दिने उनले बताए ।

 

चौधरी सेतोनेपाल डटकमका माडी संवाददाता समेत हुन ।

Share:

सम्बन्धित समाचारहरु