वद्री अर्याल-
चितवन, १३ भदौं । नेगेटिभ रगतको रक्तदाताहरुको बृहत राष्ट्रिय भेला तथा रक्तदाता सचेतना कार्यक्रम साथै प्रथम केन्द्रीय महाअधिवेशन गर्ने तयारी गरेको छ ।
असोज ३ र ४ गते दुईदिन नेगेटिभ रगतको रक्तदाताहरुको बृहत राष्ट्रिय भेला सहित रक्तदाता सचेतना कार्यक्रम आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
नेपाल दुर्लभ रक्तसमुदाय, चितवनको ले भेला आयोजनागर्न लागेको हो ।
राष्ट्रिय भेलासँगै प्रथम केन्द्रीय महाअधिवेशन गर्ने तयारी गरिएको आज भरतपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
संस्थाको अध्यक्ष लक्ष्मण ज्ञवाली, उपाध्यक्ष अरुण बहादुर रानाभाट र सचीव श्री राजमणी नेपाल उपस्थित पत्रकार सम्मेलनमा, संस्थाले विभिन्न जिल्लाका जिल्ला संयोजक र प्रतिनिधिहरुको उपस्तिथिमा असोज ३ गते नेगेटिभ रगत हुने रक्तदाता बीचमा दुर्लभ रगत र यसको व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा अन्तरक्रियात्मक छलफल गर्नुका साथै रमाइलो खेल कार्यक्रम गर्ने र असोज ४ गते विभिन्न जिल्लाका प्रतिनिधिहरुको उपस्थितिमा प्रथम केन्द्रीय महाधिवेशन गर्ने संस्थाको, चितवन जिल्ला अध्यक्ष लक्ष्मण ज्ञवाली ज्यूले जानकारी दिनुभयो ।
२०५८ सालमा स्थापना भएको नेपाल दुर्लभ रक्त समुदायले हालसम्म देश भरी नै नेगेटिभ रगत व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएको छ।—00—


