राँगाको मासु खाँदा हड्डी अड्केर एकजनाको मृत्यु

चितवन, २३ साउन । राँगाको मासु खाँदा घाँटीमा हड्डी अड्केर तनहुँका एक पुरुषको मृत्यु भएको छ ।

 

गैँडाकोट नगरपालिका(१ गंगानगर स्थित छोरीको घरमा रागाँको मासु सहित खाना खाने क्रममा गम्भिर घाईते भएका तनहुँको भिरकोट नगरपालिका-३ पिपलबारीका ५९ बर्षिय छाम बहादुर रानामगरको उपचारको क्रममा आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

 

बुधबार बिहान ८ः३० बजेको खाना खाने क्रममा अचानक मासुको हड्डी अड्केर उनी बेहोस भएका थिए । उपचारका लागि भरतपुर अस्पताल ल्याउँदा चिकित्सकले उनलाई बिहान ९ः४८ बजे मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिनुभयो। –00—

 

Share:

सम्बन्धित समाचारहरु