चितवन, २२ असार । अविरल वर्षाका कारण नारायणी नदीमा पानीको सतहले चेतावनी संकेत पार गरेको छ ।
बाढीको सतह निरन्तर बढेकाले थप खतराको संकेत पुग्ने अनुमान गरिएको हो । नारायणी नदीस्थित देवघाटमा पानीको बहाव १० दशमलव १२ मिटर पुगेको छ । देवघाटस्थित बाढी मापन केन्द्रमा नारायणीको सतह ७.३ मिटरसम्मको पानीको बहावलाई चेतावनी संकेत र ९ मिटरलाई खतराको संकेत मान्ने गरिएको छ ।
यसैबीच नारायणी नदी किनारसगै गैडाकोट क्षेत्रका सुकुम्वासी घरहरुमा बाढी प्रवेश गरेको छ । नारायणी रिसोर्ट क्षेत्रमा रहेका ससाना टहराहरु भएका घरहरुमा बाढी प्रवेश गरेको छ । त्यहाँ आश्रय लिएका हरु सुरक्षित स्थान तर्फ सरेका छन् । नारायणी नदीमा बाढीहेर्न आउनेहरुको ओइरो बढेदै गएको छ । पुल क्षेत्रमा सशस्त्र प्रहरीका जवानहरु तैनाथ छन् । पुल क्षेत्रमा बसेर भिडियो खिच्ने , फोटो खिच्ने त्यहाँ बसेर गफगर्न दिएका छैनन् । नदीका पारीपट्टी गैडाकोट क्षेत्र र वारीपट्टी नारायणगढको पुलचोक क्षेत्रमा बाढी हेर्ने आउनेहरुको संख्या धेरै छ ।
चितवन प्रशासनले पानीको सहत अझै बढ्दै गएकाले जोखीम क्षेत्रमा रहकाहरुलाई सुरक्षित स्थान तर्फ जान भनेको छ । यस्तै लामो दुरीका यात्रागर्दा सजकता अपनाउन भनेको छ ।



