एमालेका रघुवीर महासेठको नेतृत्वमा एमालेका ८ जना मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा पत्र

काठमाडौं, १९ असार । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् । बुधबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर उनीहरुले राजीनामा बुझाएका हुन् ।

 

प्रचण्ड सरकारमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा एमालेका ८ जना मन्त्री छन् ।

उनीहरुले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने उद्देश्यले पार्टीले आजै सरकारलाई दिएको समर्थन फिर्ता गरेको भन्दै राजीनामा दिएको व्यहारो राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

राजीनामा बुझ्ने क्रममा प्रधानमन्त्री दाहालले कुनै राजनीतिक टिप्पणी गरेनन् ।

 

प्रधानमन्त्रीले गायक फत्तेमानको एउटा गीत सम्झिएको एक मन्त्रीले बताए । ‘मैले एउटा गीत सम्झिरहेको छु- यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले‘ कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले‘ मेरो योभन्दा बढी भन्नुपर्ने केही छैन ।’

एमालेका मन्त्रीहरुले पनि कुनै टिप्पणी गरेनन् । उनीहरु एकछिनमै बालुवाटारबाट निस्किए ।—00—

 

 

–00–

Share:

सम्बन्धित समाचारहरु