चितवन, २३ जेठ । मेघौली विमानस्थल संचालनका लागि भरतपुर महानगरपालिकाले चासो देखाएको छ । विमानस्थल सरसफाईदेखि तारबारगर्नेगर्न महानगरपालिकाले सुरु गरिसकेको छ ।
विमानस्थलको धावनमार्गमा उच्चस्तरियग्राबेलको काम भइसकेको नगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले तारबारदेखि धावनमार्गमा ग्राबेलीङगर्ने काम सकिएको छ । आउने आर्थिकवर्षमा रनवेमा कालोपत्रेका लागि बजेट विनियोजन हुन्छ उहाँले भन्नुभयो– विमानस्थलको स्तरउनोतीका लागि अन्य विषयमा अध्ययन भइरहेको छ ।
चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको टाईगरटप्स होटल संचालनहुँदा मेघौली विमानस्थल अत्यन्तै व्यस्त विमानस्थ्लको रुपमा थियो । टाईगरटप्स होटल बन्दभएसँगै विमानस्थलपनि बन्द भयो । स्थानीयले मेघौली विमानस्थल संचालनमा ल्याउन महानगरपालिकासँग तीब्र माग गरेपछि भरतपुर महानगरपालिकाको समन्वयमा संघीय सरकार र पर्यटनमन्त्रालयको बजेटमा स्तरोन्नतीको काम सुरु भएको हो । पहिलो चरणमा उच्चस्तरिय ग्राबेलिङगर्ने काम भएको छ , यस्तै विमानस्थल क्षेत्रमा तारबारको काम सम्पन्न भएको छ भने रनवेमा कालोपत्रे लगायत अन्य आवश्यक काम अर्को चरणमा हुने महानगरप्रमुख दाहालले बताउनुभयो ।
एउटै जिल्लामा दुईवटा विमानस्थल भएको नेपालकै एउटामात्रै पालिका भनेको भरतपुर महानगरपालिका हो । दुईवटा विमानस्थललाई एकैचोटी व्यवस्थ्ति बनाउन आर्थिक हिसावले पनि कठिन भएका कारण महानगरपालिकाले पहिलो प्राथमिकताको रुपमा भरतपुर विमानस्थललाई राखेको छ । भरतपुर विमानस्थलको स्तरोन्नतीका लागि योजना अगाडी बढेको महानगर प्रमुख दाहालले जानकारी दिनुभयो ।
रात्रीकालिन सेवा सहित ठूला जहाज ल्याण्डगर्ने हिसावले भरतपुर विमानस्थल विस्तारको योजना अघि बढेको उहाँले बताउनुभयो । विमानस्थलमा ठूलो र व्यस्थित टर्मिनल भवन बन्दैछ । भरतपुर महानगरपालिकाको मुख्य विमानस्थलनै भरतपुर विमानस्थल हो । त्यसैले पहिलो प्राथमिकता भरतपुर विमानस्थलको स्तरोन्नतीगर्नु रहेको नगर प्रमुख दाहालले बताउनुभयो ।





