को हुन रामदिन महतो ?

तीस वर्षदेखि जडिबुटीबारे अध्ययन गरी निःशुल्क ज्ञानबाँड्दै चितवनका रामदिनमहतो

कारी महतो-
चितवन, १२ जेठ । रत्ननगर नगरपालिका वडा नं. ८ बाघमारा निवासी ६६ वर्षीय रामदिन महतो सन् १९९४ देखि नेपालमा पाइने जडिबुटीहरुको औषधीयगुणहरु बारे थारु गुरौको विधि र पद्धतिअनुसार व्यवहारिक अध्ययन गरी अहिले परम्परागत ज्ञानगुनबाँड्दै हुनुहुन्छ । नेपाल आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको आयोजना तथा थारु कल्याणकारिणी सभा चितवनको सह आयोजनामा जेठ १० देखि १४ सम्मको लागि आयोजना भएको थारु गुरौको विधि तथा जडिबुटी सम्बन्धी प्रशिक्षण कार्यक्रममा वहाँ अहिले प्रमुख प्रशिक्षकको रुपमा रहनुभएको छ । वहाँ पेशाले नेचर गाइड भएता पनि समय परिस्थितिले जडीबुटीतर्फ समेत आकर्षित गरेको बताउनुहुन्छ।

 

चालिस वर्ष अघि एकदिन वहाँ बिरामीभई अस्पतालमा चेकजाँचपछि निकै लामो समयसम्म औषधीखाँदापनि निको नभएपछि थारु गुरौको विधि र जडीबुटीबाट ठीक भएको बताउनु हुन्छ । त्यसैबाट प्रभावितभई थारु गुरौहरुले प्रयोग गर्ने जडीबुटीहरु पहिचानगर्ने र प्रयोग विधिसिक्ने सोंच बनाएको बताउनुहुन्छ ।

 

वहाँ नेचर गाइडको रुपमा टाइगर टप्समाकामगर्ने क्रममा बर्दिया सम्मपुग्नु भयोे । त्यहिंबाटवहाँले जडीबुटीहरुको नामहरु संकलनगर्नुका साथैप्रयोग विधि र मात्राबारे व्यवहारिक अध्ययन शुरु गरेको बताउनु हुन्छ । अहिले वहाँले त्यससम्बन्धीदुईवटा किताब बराबरको पाण्डुलिपितयार गर्नुभएको छ । वहाँले सयौं सामान्यव्यक्ति देखिसयौं धामी, गुरौ, वैद्यहरुको व्यवहारिक अनुभवहरुलाई संकलन गरेको र ती अधिकांश व्यक्तिहरु अहिले यो संसारबाट विदालिई सक्नुभएको बताउनुहुन्छ । तीव्यक्तिहरु थारुगुरौ मात्र नभई अन्य आदिवासी जनजाति, बाहुन क्षेत्री, दलित, मधेसी, महिला वा पुरुष थिए वहाँबताउनुहुन्छ । जडीबुटीको सम्बन्धी ज्ञानहासिल गर्न सजिलो नभएको बताउनुहुन्छ ।

 

कुनै कुनै एउटै जडिबुटीबारे सिक्नचार वर्ष लागेको तीतो अनुभव सुनाउनुहुन्छ । जानेको व्यक्तिले सजिलै सिकाउननचाहेको कारणले यति समय लागेको बताउनु हुन्छ । एकपटकएउटै जडिबुटीबारे सिक्नलाई एकजना पाँचहजार नगद दिएर सिकेको बताउनुहुन्छ । तर थारु गुरौहरुले भने निःशुल्क सिकाएको बताउनुहुन्छ । वहाँलाई जडीबुटी सम्बन्धीज्ञान गुनसिकाउने गोठौलीका स्व.परमेश्वर महतो, बस्यौलीका स्व.नवलकिशोर चौधरी,बाघमाराका स्व.सुदर भगत (फौदार),सिसुवारका स्व.अजितमहतो, बछुलीका स्व.मागर महतो, झुवानीका स्व.श्रीराम महतो, माडीका स्व.ठागाराम महतो, माडीका किसुन महतो इत्यादि कैयौं गुरौहरुलाई वहाँले स्मरणगर्नुहुन्छ ।

 

हिजो आजकसैले कुनै रोग वा समस्या बारेमा वहाँलाई सोधपुछ गर्दावहाँले विना शुल्कलिई परामर्श दिनुहुन्छ । कुन रोगको लागि कुन कुनजडिबुटी कसरी प्रयोग गर्दा फाइदापुग्छ, यी सम्पूर्ण जानकारी दिनुका साथै त्यो जडिबुटीकहाँप ाइन्छ,आदि सम्पूर्ण जानकारी निःशुल्क दिनुहुन्छ । वहाँ आफूले पहिचान गरेका जडिबुटीहरुलाई अहिले सम्म व्यावसायिक रुपमा प्रयोग नगरेको बताउनु भयो । धेरैजसो जडीबुटी कसराको जंगल र हाम्रै घर वरपर पाइने भएतापनि कुनैकुनै जडिबुटी बर्दियाको जंगलमामात्र पाइने हुँदा उतैबाट ल्याउनुपर्ने हुन्छ ।

 

विश्वका कतिपय मुलुकहरुले धेरैजसो जडिबुटीहरुको व्यावसायिक खेतीगर्न थालेको हुँदा नेपालमापनि व्यावसायिक रुपमाजडिबुटी खेतीगर्नुपर्ने प्रशिक्षक गुरो रामदिनमहतो बताउनुहुन्छ । प्रशिक्षण कार्यक्रमथारु कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरीको अध्यक्षता तथा थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्याक्ष विष्णु कुमारी चौधरीको प्रमुख आतिथ्यमाजेठ १० गते शुभारम्भ गरिएको हो । जेठ १४ गतेस सम्महुने प्रशिक्षण कार्यक्रममा जल्लु चौधरी, विश्राममहतो, शनिचर पावे, टिकेन्द्र चौधरी लगायत प्रशिक्षक रहनुभएकाछन् ।

कार्यक्रमको सहजीकरण थाकस चितवनका सचिव सन्तकुमार चौधरीले गर्नुभएको छ भने थाकस चितवन प्रगन्ना नं. ५ बेलोधका सभापति राम नारयण महतोले व्यवस्थापन गर्नुभएको हो । प्रशिक्षण कार्यक्रम चारदिन सम्म चल्ने तालिमका संयोजक थाकस चितवनका जिल्ला उपाध्यक्ष कल्पना पावेले जानकारी दिनुभयो ।

 

—00–

Share:

सम्बन्धित समाचारहरु