कालिकामा एकदिन एकीकृत चरण तथा पशुपालन व्यवस्थापन तालिम आयोजना

कालिका, १७ चैत । समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा कामगर्दै आएको गैरसरकारी संस्था सहमतिले कालिका नगरपालिकामा एकदिने एकीकृत चरण तथा पशुपालन व्यवस्थापन तालिम आयोजना गरेको छ । कालिकाको अमलाचुली सामुदायिक वन उपभोक्ता समुह र इच्छाकामना गाउँपालिकाको सामेरी सामुदायिक वन उपभोक्ता समुहमा आवद्ध ४५ जना उपभोक्ताहरुलाई एकीकृत चरण तथा पशु व्यवस्थापनबारे तालिम दिइएको छ ।

सहमति संस्था र डब्लूडब्लूएफ नेपालको साझेदारीमा कालिका नगरपालिकाको वडा नं. ८ गैरीबारीमा तालिम आयोजना गरिएको हो । तालिमका स्थानीय वडा नं. ८ का वडा अध्यक्ष चित्रवहादुर मगरले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष मगरले एकीकृत चरण प्रणालीको विकासवाट व्यस्थ्ति पशुपालनगर्न सकिने सम्भावना रहेको बताउनुभयो । वनजंगल संरक्षणसँगै त्यसबाट स्थानीयले मनग्ये फाइदा लिन सक्ने भएकाले तालिममा व्यवहारिक र प्राविधिक ज्ञान लिन आग्रहगर्नुभयो ।

अहिले पालिरहेका पशुहरुलाई वैज्ञानिक तरिकाले व्यवस्थापन र उनिहरुलाई चाहिने आहारका लागि व्यस्थित चरण क्षेत्र निर्माणगर्न सके पशुपालनवाट नसोचेको उपल्धि प्राप्तगर्न सकिने भएकाले सहमति र तराई भूपरिधि(ताल)को साझेदारीमा भइरहेको कार्यक्रममा कालिका नगरपालिकापनि हातेमालोगर्न तयार रहेको बताउनुभयो । यस्ता खालका गतिविधिले स्थानीयलाई चलायमान बनाउने भएकाले हामी कालिका नगरपालिका सँगसँगै हातेमालोगर्न तयार छौं उहाँले भन्नुभयो ।

अमलाचुली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मिनवहादुर गुरुङको अध्यक्षतामा आयोजना गरिएको तालिममा इच्छाकामना गाउँपालिका कुरिनटारका पशु चिकित्सक डा. सुनील ज्ञवालीले पशु व्यवस्थापन र एकीकृत चरणको विकासबारे सहजिकरण गर्नुभएको थियो । गोठखोर सुधार कसरीगर्ने ? पशुपालनगर्दा ध्यानदिनुपर्ने महत्वपूर्ण विषय र उनिहरुलाई दिइने आहारको बारेमा जानकारी दिइएको थियो ।

सहमति संस्थाले डब्लूडब्लूएफ नेपालसँगको सहकार्यमा नवलपरासीको गिन्द्री जलाधार क्षेत्रमा र चितवनको खगेरी क्षेत्रमा यस्ता खालका कार्यक्रम संचालनगर्दै आएको छ । कार्यक्रम सहमति संस्का चितवनका लागि सामाजिक सहजकर्ता जनक सुवेदीले संचालन गरेका थिए ।

 

 

Share:

सम्बन्धित समाचारहरु