चितवन, २२ फागुन । राष्ट्रिय विद्यालय मझवाङ्गले मंगलावर आफ्नो ४५ औं बार्षिक उत्सव एवम् अभिभावक दिवस मनाएको छ । विद्यालय परिसरमा एक भव्य समारोहकाबीच बार्षिक उत्सव एवम अभिभावक दिवस मनाएको हो ।
कार्यक्रमलाई संवोधनगर्दै नगर प्रमुख विनोद रेग्मीले कालिकाको शैक्षिक क्षेत्रमा मझ्वाङ्ग माविले महत्वपूर्ण योगदान दिँदै आएको बताउनुभयो । सानो छाप्रोवाट सुरुभएको विद्यालयले निकै संघर्षपछि एउटा उचाईमा पुग्न सफल भएको बताउनुभयो । विद्यालयका गतिविधिहरु उत्साहजनक रहेको समेत उहाँको भनाई छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख रेग्मीले शैक्षिक गुणस्तर वृद्धिगर्न अभिभावकहरुको समेत महत्पूर्ण भूमिका रहने हुँदा आफ्नो बाबुनानीहरुको पठनपाठनबारे चासो लिन आग्रहगर्नुभयो । पछिल्लो समय स्कुलजाने उमेरका बाबुनानीहरु कुलतमा फस्दै गएका जानकारी दिँदै नगर प्रमुख रेग्मीले यो विषयमा अभिभावकहरुलाई सचेत हुन आग्रहगर्नुभयो । पढ्ने उमेरका बाबुनानीहरु लागु औषध दुव्र्यसनीहरुमा फस्दै गएका कारणलेपनि पढाई छाड्ने क्रम बढ्दै गएको उहाँको भनाई छ । बालविवाह समेत रोकथाममा अभिभाव, राजनीतिक दल र स्थानीय अगुवाहरु चनोखोहुनपर्ने बेला भएको छ उहाँले भन्नुभयो ।
कालिका नगरपालिकाले शैक्षिक क्षेत्रमा करौडौं रुपैयाँ लगानी गरेको उहाँले जानकारी दिनुभयो । कालिकाले लगानी गरेर हुर्काउँदै गरेको बालबालिकालाई पढाउने बहानामा बाहिरी मान्छे आएर टप्पकै टिपेर लैजाने प्रवृत्ति रोकिनुपर्ने बताउनुभयो । तपाईहरुको बाबुनानीलाई पढाउन कालिका नगरपालिका सक्षम छ । हामीले केगर्नुपर्ने हो ? कपि किताव छैन, पोशाक छैन ? या अरु के के आवश्यक पर्छ हामी त्यो गर्न तयार छौं संवोधनको क्रममा उहाँले भन्नुभयो । कालिकामा मात्रै प्रत्यक्ष अप्रत्यक्ष रुपमा २४ करोड रुपैयाँ शैक्षिक क्षेत्रमा लगानी भएको उहाँले जानकारी दिनुभयो ।
शिक्षक महासंघ कालिका नगर कमिटीका अध्यक्ष एवम आधारभूत विद्यालय निबुवा टारका प्राध्यापक जीतवहादुर भट्टराईले पूर्वाधार विकासले मात्रै शैक्षिक विकासनहुने बताउनुभयो । पहाडी क्षेत्रका अभिभावहरुमा आफ्नो जिम्मेवारी र दायित्व बोधहुन आवश्यक रहेको टिप्पणीगर्नुभयो । पहाडी क्षेत्रका अधिकाङस अभिभावकहरु परजीवी बन्दै गएको समेत बताउनुभयो । बच्चा जन्मिएपछि कुन संस्थाले हुर्काउने, कुन संस्थाले पढाईदिने भन्दै संघ संस्थाको मुख ताक्ने प्रवृत्तीको अन्त्य नभए सम्म बालबालिकाहरुको भविष्य सुनिश्चित नहुने उहाँको भनाई छ । पहाडी क्षेत्रको शैक्षिक विकासका लागि सामाजिक संघ संस्थाहरुको योगदान स्मरणगर्न लायक रहेको समेत उहाँले बताउनुभयो ।
कालिका वडा नं. १० का वडा अध्यक्ष नरजंग प्रजा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रमेश तामाङ, चर्तुमुखी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रवहादुर गुरुङ, लगायतले शुभकामना मन्तव्य व्यक्तगर्नुभएको थियो ।
२०३५ सालमा चन्दा संकलन गरेर ६ लाख रुपैयाँमा ३ कट्ठा जग्गा गरेर विद्यालय स्थापना भएको गरिएको थियो । विद्यालयकी शिक्षिका उषा नेपालीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक फणिन्द्र पनेरुले बार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुतगनुृभएको थियो । कार्यक्रममा विद्यालयमा योगदान दिनुहुने पूर्व शिक्षक देखि कर्मचारी र शिक्षकहरु, विद्यालयलाई सहयोगगर्ने विभिन्न सामाजिक संघ संस्थालाई समेत प्रशंसापत्र एवम् मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमवहादुर प्रजाको अध्यक्षतामा आयोजना गरिएको हो ।
कार्यक्रमको पुरा भिडियो हेर्नुहोस ।
तस्विरः राजु चौधरी /सेतोनेपाल



















—-


