चितवन, १८ फागुन । भरतपुर भ्रमण वर्ष २०२४ आजदेखि सुरुहुँदैछ । नारायणी नदी किनारमा भव्य समारोहका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारीक रुपमा उद्घाटनगर्दै हुनुहुन्छ । दिउँसो १ बजे भ्रमण वर्षको उद्घाटन गरिने तालिका छ ।
भ्रमण वर्षको उद्घाटन गर्न प्रधानमन्त्री दाहाल लगायत अधिकाङ्स शीर्षनेताहरु हिजोनै चितवन आइपुगेका छन् ।
भरतपुर महानगरपालिकाको आयोजना र नेपाल पर्यटन बोर्डको पर्वद्धनमा भ्रमण वर्ष मनाउन लागिएको हो । ‘घुमौँ भरतपुर’ भन्ने नारासहित मनाउन लागिएको भ्रमण वर्षको तामझामका साथमा उद्घाटन गरिँदै छ । भ्रमण वर्षमा पाँच लाख आन्तरिक र दुई लाख बाह्य पर्यटक भित्राउने महानगरको लक्ष्य छ । भरतपुर घुम्नका लागि २१ भन्दा बढी पर्यटकिय गन्तव्य तयार भएका छन् । पर्यटकीय गन्तव्यसँगै भरतपुरमा भइरहेको विकासहेर्न समेत सकिनेगरी भ्रमणवर्ष मनाउन लागिएको हो ।–00–


