कालिका, १७ फागुन । लुमन्ती आवासको लागि सहयोग समुहले समुदायको अगुवाईमा सामाजिक तथा आर्थिक रुपान्तरणका लागि सामुदायिक सवलिकरण कार्यक्रमबारे जनप्रतिनिधिहरुलाई जानकारी गराएको छ । आज विहान कालिका नगरपालिकाले आयोजना गरेको परियोजना शुभारम्भ तथा जानकारी आदानप्रदान कार्यक्रममा लुमन्तीले आफ्नो तीनवर्षे परियोजनाबारे जानकारी गराएको हो ।
कालिका नगरपालिकामा सुरुगर्न लागेको तीनवर्षे योजना बारे लुमन्ती आवासको लागि सहयोग समुहका कार्यक्षेत्र संयोजक सिंहवहादुर वाईबाले प्रकाश पार्नुभएको थियो । तीनवर्षे परियोजनाका लागि कालिका नगरपालिका क्षेत्रभित्रका १० वटा समुदाय पहिचान भइसकेको उहाँले जानकारी दिनुभयो । दातृसंस्था मिजेरियर, जर्मनीको सहयोगमा आगामी तीनवर्षे समुदाय केन्द्रीय सामाजिक तथा आर्थिक रुपान्तरणका लागि परियोजना संचालनहुने बताउनुभयो ।
कार्यपालिका सदस्य, कालिका नगरपालिकाका विभिन्न शाखा प्रमुखहरु, जनप्रतिनिधि सहभागि रहेको उक्त कार्यक्रममा बोल्दै कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले लुमन्तीसँग सहकार्य गरेर कालिका नगरपालिका अगाडी बढ्ने बताउनुभयो । समुदायमा आधारित कार्यक्रमलाई प्रभावकारी बनाउन नगरपालिका र लुम्तीबीच सहकार्य भएर अगाडी बढ्नेछ उहाँले भन्नुभयो । समाज रुपान्तरसँगै सम्बृद्ध नगरपालिका बनाउने अभियानमा लुमन्तीसँगको हातेमालोले एउटा ईट्टा थपिने उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी गौतमले बालबालिकाको क्षेत्रमा जनचेतनामूलक कार्यक्रमलाई पनि जोड दिन लुमन्तीलाई आग्रहगर्नुभयो । जलवायु परिवर्तन र भूक्षय क्षेत्र प्रभावित कालिकाको वडा नं. ९, १० र ११ मा पनि लुमन्तीले आफ्नो परियोजना विस्तारगर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कालिका नगरपालिकाका वरिष्ठ लेखा अधिकृत ऋषिराम कटवालले नगरक्षेत्रभित्र कामगर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्था(एनजिओ,आइएनजिओं)ले ल्याउने परियोजनालाई नगरसभा मार्फत अनुमोदनगरेर अगाडी बढ्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रम नगरपालिकाका प्रमुख विनोद रेग्मीको अध्यक्षतामा आयोजना गरिएको हो ।







–00–


