प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाण्डौ, ६ फागुन ।

प्रतिनिधिसभाको बैठक बस्दै छ । आज बिहान ११ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ । सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूचीमा रहेको छ ।

त्यस्तै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बधी पत्र पढेर सुनाउने कार्यक्रम छ ।

Share:

सम्बन्धित समाचारहरु