रत्ननगरमा हरेक हप्ता सरसफाई, बुढीकुलोमा गरियो उद्घाटन

रत्ननगर,१२ माघ । रत्ननगर नगरपालिका वडा नं १३ मा स्थित बुढीकुलोमा शनिबार सरसफाई गरिएको छ । जयमंगला र अमेलियाको बीचमा रहेको उक्त कुलोमा स्थानीयले फालेको फोहोर संकलन तथा व्यवस्थापन गरिएको हो ।

फोहोरमैला व्यवस्थापन समिति रत्ननगर र आर्दशटोल विकास संस्थाको सयुक्त आयोजनामा बुढीकुलोमा फोलेको फोहोर संकलन र व्यवस्थापन गरिएको हो । फोहोरमैला व्यवस्थापन समिति रत्ननगरले हरेक हस्ताको शनिबार रत्ननगरका १६ वटै वडामा सरसफाई कार्यक्रम गर्ने जनाएको छ । बुढीकुलोबाट उक्त सरसफाई कार्यक्रमको शुभारम्भ गरिएको हो ।

 

बुढीकुलोबाट संकलित फोहोर सफा उर्जा उत्पादन प्रा.लिको सहयोगमा व्यवस्थापन गरिएको छ । सरसफाईमा रत्ननगर नगरपालिकाको एक्साभेटर समेत प्रयोग गरिएको थियो । जनप्रतिनिधि, समितिका पदाधिकारी, टोल विकास संस्थाका पदाधिकारी तथा सदस्य, शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाका पदाधिकारी तथा सदस्य र स्थानीय समुदायको सक्रियतामा सरसफाई कार्यक्रम गरिएको फोहोरमैला व्यवस्थापन समिति रत्ननगरका अध्यक्ष रघुनाथ भट्टले बताए ।

फोहोरमैला संकलन र व्यवस्थापनमा नागरिकलाई उत्तरदायी बनाउदै रत्ननगरलाई सरसफाईमा नमुना नगर बनाउने उद्देश्यले हप्तामा चार दिन सरसफाई कार्यक्रम गर्ने गरी सरसफाई अभियानको सुरुवात गरिएको उनले बताए ।

 

स्थानीय सरकारसंग सहकार्य गरी सरकारकै स्रोत साधन र नगरबासीको सक्रियताका सरसफाई कार्यक्रम गर्ने दीर्घकालिन योजना रहेको भट्टले बताए । सकेसम्म फोहोरको घरमै व्यवस्थापन गर्न चेतनामुलक कार्यक्रम सञ्चालन तथा टोल विकास संस्था मार्फत सरसफाईको गतिविधि अगाडि बढाउने गरी कार्ययोजना बनाइएको फोहोरमैला व्यवस्थापन समिति रत्ननगरकी संस्थापक अध्यक्ष पार्वती न्यौपानेले बताइन् ।

कार्यक्रममा वडा नं १३ का वडाध्यक्ष पोटबहादुर घिमिरे सहित जनप्रतिनिधि,आर्दशनगर टोल विकास संस्थाका अध्यक्ष टोमराज भट्टराई, फोहोरमैला व्यवस्थापन समिति रत्ननगरका उपाध्यक्ष लक्ष्मण पौडेल लगायतको सहभागिता रहेको थियो ।–00–

Share:

सम्बन्धित समाचारहरु