जनमतले मधेश प्रदेश सरकार छाड्यो, समर्थन फिर्ता

जनकपुरधाम, ९ माघ । जनमत पार्टीले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

 

जनता समाजवादी पार्टीका सरोजकुमार यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जनमतका मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यावदले बताए । मधेश सरकारमा जनमत पार्टीको तर्फबाट महेशप्रसाद यादव शिक्षा तथा संस्कृतिमन्त्री र चन्दन सिंह श्रम तथा यातायातमन्त्री छन् ।

समर्थन फिर्ता लिने निर्णयसँगै उनीहरुले राजीनामा दिएका छन् ।–00–

Share:

सम्बन्धित समाचारहरु