टिभी छाड्दा खातामा जम्मा भएको रकम बारे आयोजना गरिएको पत्रकार सम्मेलनमा रवि लामिछानेले के भने ?

काठमाडौँ, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम सहकारीसँग जोडेर कान्तिपुर दैनिकले निरन्तर फ्लोअप न्यूज लेख्न थालेपछि लामिछानेले काठमाण्डौंमा पत्रकार सम्मेलन गरेरनै आफुमाथी लगाइएको आरोपको खण्डन गरे । केही सातादेखि यो क्रम निरन्तर चलिरहेको थियो । कान्तिपुर दैनिकले लामिछाने दोषि भएको भन्दै समाचार लेख्न छाडेन । उता लामिछाने आफुमाथी लगाइएको आरोप निराधार भएको भन्दै पन्छिन खोजे । तर निरन्तर समाचार प्रकाशसन भइरहेपछि आज काठमाण्डौंमा पत्रकार सम्मेलन नै गर्नुपर्यो । पत्रकार सम्मेलनमा लामिछानेले के भने त ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ग्यालेक्सी टीभी छाड्दा आफ्नो नाममा एक करोड ८० लाख रुपैयाँ आफ्नो निजी खातामा नआएको दाबी गरेका छन् ।

सम्बन्धित कम्पनीले चेक दिए पनि खातामा पैसा जम्मा नभएको उनले बताए । सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर रविले आफ्नो खातामा पैसा जम्मा नभएको बताएका हुन् । उनले भने, ‘ मेरो खातामा पैसा जम्मा भएको नै छैन । न्याय भएन । यति खोजी सुनकाण्डमा गर्दिएको भए काण्डका सबै जेल जान्थे । कहिले परिवारको नाममा आइरहेको हुन्छ । परिवारले तिरे तिर्ला नतिरे सम्पतीबाट लैजाला ।’ उनले आफू सहकारीको सदस्य पनि नभएको पैसा लिन पनि नगएको दाबी गरेका छन् ।

 

पत्रकार सम्मेलनमा उनले बैंकको पत्र पढेर सुनाएका थिए । बैंक क्लियरेन्समा पैसा नआए पनि कम्पनी रजिस्ट्रार कार्यालयमा स्लिप गएको उनले दाबी गरे । लामिछानेले भने, ‘ म जस्तो नेता त आउँछन् । जान्छन् । तर, सञ्चार माध्यमको विश्वसनियता गयो भने लोकतन्त्र सकिन्छ ।’

पत्रकार सम्मेलनमा उपस्थित रास्वपा नेता एवम् पूर्व बैंकर अनिल केशरी शाहले रविको नाममा चेक डिपोजिट गरिए पनि खातामा पैसा जम्मा नभएको बताए ।–00–

Share:

सम्बन्धित समाचारहरु