विद्यालयको स्वर्ण महोत्सवको अवसरमा साढे २ लाख बराबरको अक्षयकोष स्थापना

कालिका, ९ पौष । भीमोदय नमुना माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५३ औं वर्ष पुगेको अवसरमा स्वर्णमहोत्सव धुमधामका साथ मनाईरहेको छ । विद्यालयलाई विभिन्न सामाजिक संघ संस्थादेखि विद्यालयका पूर्व विद्यार्थी लगायत स्थानीयहरुले आर्थिक रुपमा सहयोगगर्ने क्रम जारी छ ।

यसैबीच कालिका वडा नं. ५ बस्ने कुलकेसरी दाहाल, होमनाथ दाहाल, डिल्लीराम दाहाल, मिनप्रसाद दाहाल, हरि शंकर दाहाल, ठानेश्वर दाहाल र निलकण्ठ दाहालले आफ्ना स्वर्गीय बुबाआमाको स्मृतीमा २ लाख ५१ हजार ५ सय ३१ रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरेका छन् ।

छोराहरुले आफ्नो स्वर्गीय बुबाआमाहरुको स्मृतीमा प्रयागदत्त, धर्मादेवी, माहामाया दाहाल स्मृती अक्षय कोष स्थापना गरेका हुन ।  चौथों दिन विद्यालयमा आयोजना गरिएको एक विशेष कार्यक्रमका बीच अक्षय कोष बराबरको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठ, प्रधानाध्यापक इन्द्रनाथ पौडेललाई हस्तान्तरण गरिएको थियो ।

कालिका नगरपालिकाका संस्थापक मेयर खुमनारायण श्रेष्ठ प्रमुख अतिथि रहनुभएको कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष दीपक वहादुर भट्टराई, वडा नं. ४ का संस्थापक वडा अध्यक्ष कृष्णकुमार श्रेष्ठ समेत सहभागी थिए ।
स्थापना गरिएको अक्षय कोषवाट विद्यालयमा अध्ययनरत्त विपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्ती प्रदान गरिने स्वर्गीय प्रयागदत्त, धर्मादेवी, महामाया दाहालका नाति इश्वरी प्रसाद दाहालले जानकारी दिए ।

 

–00–

Share:

सम्बन्धित समाचारहरु