श्रीराम मन्दिरमा धनधाञ्यान्चल ज्ञानमहायज्ञ हुने

रत्ननगर, ४ पौष । रत्ननगर नगरपालिका वडा नं १३ जयमंगलमा रहेको श्रीराम मन्दिर तथा बैदिक प्रज्ञा प्रतिष्ठानमा १७औं धनधाञ्यान्चल तथा बार्षिक मुठीदान संकलन महोत्सव तथा श्रीमद् भागवत ज्ञान महायज्ञ हुने भएको छ । श्रीराम बैदिक संस्कृतिक गुरुकुलम सञ्चालन र मन्दिरको जीर्णद्धार मर्मताको लागि आर्थिक संकलन गर्ने उद्देश्यले यही पुस ८ गतेदेखि ज्ञान महायज्ञ आयोजना गरिएको हो । आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको तयारी र उद्देश्यका बारेमा जानकारी दिएको हो ।

 

श्रीराम मन्दिर तथा श्रीराम बैदिक संस्कृतिक गुरुकुलमलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न र गुरुकुलमलाई विद्यापीठको रुपमा स्तरोन्नति गर्न महायज्ञ आयोजना गरिएको श्रीराम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भेषराज दुवाडीले जानकारी दिए । गुरुकुलमलाई विद्यापीठको रुपमा विकास गर्न २०७३ सालमा तयार गरिएको गुरुयोजना अनुसार बाँकी रहेका काम सम्पन्न गर्न र पुरानो श्रीराम मन्दिरको भवनलाई मर्मत गर्न बार्षिक रुपमा महायज्ञ हुँदै आएको उनको भनाई छ ।

बैदिक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद पोखरेलले मन्दिरको संरक्षण र गुरुकुलम सञ्चालनको दायित्व समुदायको रहेको भन्दै मुठीदानको लागि महायज्ञ आयोजना गरिएको बताए । महायज्ञमा पैसा दिन नसक्नेले मुठीदान गर्न सकिन्छ उनले भने आजिवन सदस्य बनेर पनि मन्दिर र गुरुकुलमलाई सहयोग गर्ने व्यवस्था मिलाएका छौं । सो मन्दिरमा ५ हजार १०० रुपैया तिरेर आजिवन बन्ने व्यवस्था रहेको छ । बार्षिक रुपमा मुठीदान गर्ने र सोहीबाट भएको आन्दानीले गुरुकुलम सञ्चालन गरिएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा मुल समारोह समितिका संयोजक राजेन्द्र प्रसाद कट्टेलले मन्दिरमा बार्षिक रुपमा महायज्ञ आयोजना हुँदै आएको भन्दै ८ गतेबाट सुरु हुने महायज्ञबाट संकलित रकमले गुरुकुलम सञ्चालन र भौतिक संरचना निर्माण गरिने बताए । १६ गते सम्म चल्ने सो महायज्ञमा पण्डित बालकृष्ण अर्यालले कथाबाचन गर्ने महायज्ञका प्रचार प्रसार समितिका संयोजक टोमराज भट्टराईले जानकारी दिए ।–00–

Share:

सम्बन्धित समाचारहरु