नेकपा (एमाले) ले सुरु गरेको संकल्प यात्राको आज समापन गरिँदै

काठमाण्डौ, १ पुस ।

नेकपा (एमाले) ले सुरु गरेको संकल्प यात्राको आज समापन गरिँदै छ ।

चिवाभन्ज्याङमा राष्ट्रिय झन्डा फहराएर गत मंसिर १४ गतेदेखि सुरुभएको मध्यपहाडी पुष्पलाल राजमार्गको यात्रा औपचारिक रूपमा सम्पन्न गरिने एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए ।

संकल्प यात्रा समापन गरिने भएपनि यात्राले नेपाली राजनीति र समाजमा पारेको प्रभाव र सन्देशका बारेको विमर्श भने निरन्तर जारी रहनेछ उनले बताए ।

यात्राका क्रममा कोसी प्रदेशमा आइपुग्दा प्रदेशको नामकरणसँग असहमत पक्षले यात्रालाई अवरोध सिर्जना गर्ने कोसिस गरेको उनले बताए ।

उनले भने, “भय र आतंकको वातावरण सिर्जना गर्ने प्रयास गरे । मंसिर ३० र पुस १ गते बन्दको घोषणा समेत गरे । तर, यात्रा निर्वाध रुपमा अघि बढिरह्यो । जनताको अपार माया र सहभागिता कोशी प्रदेशमा आयोजना गरिएको कार्यक्रममा झनै छचल्कियो” ।

आजको यात्रा १०१ किलोमिटर रहेको छ । पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झन्डा झण्डोत्तोलनसहित यात्राको समापन हुने एमालेले जनाएको छ ।

फाईल तस्बिर

Share:

सम्बन्धित समाचारहरु