सन्दीप प्रकरण : पीडित किशोरीको जन्मदर्तासम्बन्धी थप कागजात झिकाउन आदेश

काठमाडौँ, २१ भदौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा अदालतले पीडित किशोरीको जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी बसाइसराइ गरी गएको स्थानीय तहबाट अभिलेख झिकाउने आदेश दिएको हो ।

अदालतले काठमाडौँको एक स्थानीय तहबाट २०६९र१०र१५ मा नुवाकोटमा बसाइसराई गरी जाने क्रममा काठमाडौँको स्थानीय तहमा पेश गरेको कागजातको अभिलेख झिकाउने आदेश दिएको छ । यसअघि बसाइसराई गरी गएको स्थानीय तहबाट कागज मगाएको थियो ।

सात दिनभित्र अभिलेख झिकाई निरन्तर सुनुवाइका लागि पेश गर्न आदेशमा भनिएको छ । योसँगै अब अर्को पेशी भदौ २६ गतेलाई तोकिएको छ ।काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा अदालतले पीडित किशोरीको जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी बसाइसराइ गरी गएको स्थानीय तहबाट अभिलेख झिकाउने आदेश दिएको हो । अदालतले काठमाडौँको एक स्थानीय तहबाट २०६९/१०/१५ मा नुवाकोटमा बसाइसराई गरी जाने क्रममा काठमाडौँको स्थानीय तहमा पेश गरेको कागजातको अभिलेख झिकाउने आदेश दिएको छ । यसअघि बसाइसराई गरी गएको स्थानीय तहबाट कागज मगाएको थियो ।

सात दिनभित्र अभिलेख झिकाई निरन्तर सुनुवाइका लागि पेश गर्न आदेशमा भनिएको छ । योसँगै अब अर्को पेशी भदौ २६ गतेलाई तोकिएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु