रेडक्रस स्थापना दिवसको अवसरमा अर्किड स्कुलद्वारा विरामीलाइ फलफुल

चितवन, १९ भदौं । रेड्क्रस शिक्षक नायक हरिराम रेग्मिको संयोजकत्त्वमा जुनियर रेड्क्रस सर्कल अर्किड स्कुलद्वारा भरतपुर अस्पतालका विभिन्न वार्डमा भर्ना गरिएका विरामीहरुलाइ फलफुल र जुस वितरण गरियो। कलिला विद्यार्थिको सेवामुलक कार्यले मानवीय सेवालाइ प्राथमिकता दिइने सस्कारको भविष्यमा विकास हुने अपेक्षा उक्त अवसरमा रेग्मी ले बताउनु भयो।

यसै गरि ६१ औ नेपाल रेड्क्रस स्थापना दिवसको दिन अर्किड स्कुल अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रतीक्षा श्रेष्ठले कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थिहरुलाइ ू मनैदेखी सेवाू लेखिएको ब्याच वितरण गर्दै रेडक्रसको स्थापना र उद्देश्य बारेमा जानकारी दिनु भएको थियो।
रेड्क्रस स्थापना दिवस को दिन बिद्यालय परिसर भित्र सरसफाइ कार्यक्रम सहित स्वास्थ चेतनामूलक वृतचित्र पनि देखाइएको श्रेष्ठले जानकारी दिनुभयो।

–00–

Share:

सम्बन्धित समाचारहरु