काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो,उद्धार टोली घटनास्थलमा परिचालित

धादिङ, ६ भदौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका- १, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट पश्चिम जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु