कालिकामा भोलीदेखि लम्पी स्किन रोगविरुद्धको भ्याक्सीन लिएर प्राविधिक सहितको टोली घरघरमा पुग्ने

कालिका, २४ साउन । चितवनको कालिका नगरपालिकामा भोलीदेखि लम्पी स्किन रोगविरुद्धको खोप लगाइने भएको छ । पशुमा लाग्ने रोग ‘क्याप्री फोक्स’ नामक जिवाणुबाटसर्ने लम्पी स्किन रोग फैलिन थालेपछि कालिका नगरपालिकाले गोठगोठमा पुगेर निशुल्क भ्याक्सीनसेवा दिन लागेको हो ।

 

साउन २५ गतेदेखि घरघरमै पुगेर पशुहरुलाई भ्याक्सीन दिने तयारी गरिएको कालिका नगरपालिकाको पशु शाखा प्रमुख इश्वरी प्रसाद पौडेलले जानकारी दिनुभयो । भोली विहान साढे ७ बजेदेखि गाईभैसीलाई निशुल्क भ्याक्सीन दिने कार्यक्रम छ। नगरपालिकाको वडा नं. ६ मा सामान्य कार्यक्रम गरेर भ्याक्सीन लगाउन सुरु गरिने कार्यक्रम छ । पशुहरुमा संक्रमण बढ्दै
गएपछि प्राविधिक सहितको टोली घरघरमै पुगेर सेवा दिने नगर प्रमुख विनोद रेग्मीले बताउनुभयो ।

कालिकामा सानाठूलागरी १ हजार ८० वटा पशुमा यो संक्रमण देखिएको छ । सबैभन्दाबढी गाईमा यो संक्रमण देखिएको छ । पौडेलका अनुसार रोगका कारण कालिकामा मात्रै ११ वटा गाई मरेका छन् । वडा नंं ११ मा सबैभन्दा पहिला यो संक्रमण देखिएको थियो । स्थानीय जातको गाईमा देखिएको यो संक्रमण अहिले कालिकाको धेरैजसो वडामा फैलिँदै गएको छ ।

–00–

 

Share:

सम्बन्धित समाचारहरु