भरतपुर,१४ साउन । भरतपुर महानगरपालिकाले २ सय ८३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
आईतबार महानगरको सभा हलमा एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले संयुक्त रुपमा सिफारिस पत्र प्रदान गर्नुभयो। कार्यक्रममा बोल्दै महानगरपालिका प्रमुख रेनु दाहालले पारदर्शी रुपमा कुनै पनि गुनासो नआउने गरी छात्रवृत्ति छनोट गरिएको उल्लेख गर्नुभयो ।
उहाँले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई रोल मोडलको रुपमा अध्ययन गर्न सुझाव पनि दिनुभयो ।








