प्रेस चौतारीको भवन बनाउन पत्रकार सापकोटाले गरे आर्थिक सहयोग

चितवन,६ साउन । नेपाल पत्रकार महासंघ चितवनका पूर्व सचिव एवम् प्रेस चौतारी चितवनका अग्रज नारायण सापकोटाले चितवनको भरतपुरमा निर्माण भैरहेको प्रेस चौतारीको भवनका लागि आर्थिक सहयोग गरेका छन् ।

सापकोटाले आफ्नो जन्मदिनको अवसर पारेर प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई चौतारी भवन निर्माणका लागि ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।

भरतपुर महानगरपालिका वडा नं. ११ बसेनीमा बन्दै गरेको भवनका प्रेस चौतारीको देश कै पहिलो भवन हो । जन्मदिने आमा र भाइसहित प्रेस चौतारीको निर्माणाधीन भवनस्थल पुगेका सापकोटाले जन्मदिनको अवसर पारेर भवनका लागि सकेको सहयोग गर्न पाउँदा आफूलाई खुसी मिलेको बताए ।

लामो समयदेखि चितवनमा पत्रकारिता गर्दै आएका सापकोटा जिल्ला कै अग्रज पत्रकार हुन् । चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले भवन निर्माणका लागि सापकोटाले गरेको सहयोगले संगठनलाई हौसला र उर्जा मिलेको बताए ।

समाजसेवी केशव कार्कीले उपलब्ध गराएको झण्डैं १० धुर जग्गामा बन्दै गरेको भवनको पहिलो तला ढलान गरिसकिएको छ । १ बर्ष भित्र बनाइसक्ने भवनका लागि विभिन्न ब्यक्ति तथा संघसंस्थाबाट सहयोगको प्रतिवद्दता आएको अध्यक्ष पण्डितले जानकारी दिए । साढे ३ तले भवनका लागि १ करोड ५० लाख लागत अनुमान गरिएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु