एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै : सचिवालय बैठकका एजेन्डा तय गर्ने

काठमाण्डौ, २९ असार

नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिव गोकर्ण विष्टले जानकारी दिए । केन्द्रीय कार्यालय बैठकले असार ३० गते (भोली) शनिबार बस्ने सचिवालय बैठकका एजेन्डा तय गर्नेछ ।

एमालेको केन्द्रीय कार्यालय बैठक महासचिवको अध्यक्षतामा बस्ने गरेको छ । एमाले केन्द्रीय कार्यालयअन्तर्गत महासचिवका साथै उपमहासचिव र सचिवहरू रहेका छन् ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्षहरुबीच दुई दिन छलफल भएको थियो । अध्यक्ष र उपाध्यक्षहरुबीच बुधबार र बिहीबार भएको छलफलमा पार्टीका तल्ला कमिटीहरूमा देखिएको गुटबन्दी चुनौतीका रूपमा रहेको ठहर गरेको छ ।

 

Share:

सम्बन्धित समाचारहरु