सिमोन चौधरी । सेतोनेपाल-
कालिका, २७ असार । कालिका नगरपालिकाको वडा नं. ७ ले यो आर्थिक वर्ष २०७९ /८० मा पूर्वाधार निर्माणलाई प्राथमिकता दियो । जनप्रतिनिधिहरु आफुले सेवादिने स्थल वडा कार्यालयवाटै पूर्वाधार निर्माणको काम सुरु गरे । अहिले वडा कार्यालय पुग्नुभयो भने परिवर्तन भइरहेको सहजै अनुमान लगाउन सक्नुहुनेछ । वडा कार्यालयको परिसरमा टाइल लगाउने देखि गार्डेन निर्माण लगायत वडा कार्यालयको भित्री संरचनामा समेत परिवर्तन हुँदै गएको छ ।
यस्तै वडा भित्रका अन्य पूर्वाधार निर्माणले समेत गती लिएको छ । टेक बहादुर भण्डारीको घरदेखि सालघारी चोक सम्म सडक नाला निर्माण भएको छ । यस्तै गैडाखोला देखि क्लब चोक सम्मको सडक नाला निर्माणको काम सकिएको छ । मुख्य बाटोलाई २० मिटरको बाटो चौडागर्ने हिसावले सडक नाला निर्माण गरिएको हो । यस्तै वडाभित्रको विभिन्न भित्रीबाटोहरु ग्रोभेल भएका छन् । नेपाल सरकारको अनुदानबाट निर्माण समिति बनाएर बाटोमा ग्राभेल गरिएको हो । यस्तै वडा भित्र रहेको नागरिक आरोग्य सेवा केन्द्रको भवन मर्मत गरिएको छ । यस्तै पूर्वाधार, योजना अन्तर्गत वडाभित्रका विभिन्न खानेपानीको मुहान तथा रिर्जभ ट्यांकीको मर्मत तथा व्यवस्थापनगर्ने काम भएको वडा अध्यक्ष कमलराज मोक्तानले जानकारी दिए ।
यस्तै वडाभित्र जयबुद्ध तमु समाजको गुम्बा निर्माणको काम भएको छ । १७ लाखको बजेटमा गुरुङ समुदायको धार्मिक सम्पदा संरक्षणका लागि वडाले गुम्बा निर्माणमा खर्च गरेको छ । यस्तै खानेपानीसँगै रहेको नेवार गुट्ठीको कम्पाउण्डीङगर्ने काम भएको छ ।
रुम्बा टोल सिंचाई बोरिङ योजना र अमृत टोलसिंचाई बोरिङ योजनाका लागि १४ लाख रुपैयाँ वडाले खर्च गरेको छ । यस्तै मिलिजुली डिप बोरिङ विस्तारको काम भएको छ ।
यस्तै वडाले खानेपनाी तथा सरसफाईमा पनि लगानी गरेको छ । जुटपानी खानेपानी ट्यांकी निर्माण तथा व्यवस्थापनमा वडा मार्फत १९ करोड ७ लाख २६ हजारको काम भइरहेको छ । जुटपानी बजारमा ट्यांकी निर्माणको काम सकिएको छ । अब फिडर राख्ने काम मात्रै बाँकी छ । जुटपानी खानेपानीका लागि २ वटा ओभरहेड ट्यांकी निर्माणहुँदैछ । यस्तै सडक कालोपत्रेगर्ने काम पनि वडाले गरेको छ । पूर्वाधार निर्माण अन्तर्गत कुल प्रसाद गोतामेको घरदेखि रुम्बाटोलहुँदै सामुदायिक वन जाने बाटो, केशवहादुरको घरचोक सम्म २५ लाख रुपैयाँको लगानीमा कालोपत्रे बनेको छ । प्रदेशसँग समन्वय गरेर कालोपत्रे गरिएको हो ।
यस्तै जुटपानी बजारदेखि कयर खोला जानेबाटो पूर्वाधार विकास भवन कार्यालय मकवानपुरवाट प्राप्त ३५ लाख रुपैयाँको बजेटमा बाटो कालोपत्रे गरिएको हो । यस्तै भू – तथा जलाधार व्यवस्थापन कार्यालयलको सहयोगमा बुङखैरे–स्याउलीमा तटबन्धनको काम भएको छ । यो १५ लाखको बजेटमा बनेको हो । यस्तै जलस्रोत तथा सिंचाई विकास कार्यक्रम चितवन अन्तर्गत कयर–कालिका सिंचाइकुलो निर्माण गरिएको छ । सुरुमा १० लाखको योजना अनुसार काम सुरु गरिएको थियो । पछि ३० लाख थप गरेर ४० लाखको लागतमा सिंचाईकुलो निर्माण गरिएको हो ।
यस्तै खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयबाट प्राप्त २५ लाखको बजेटबाट सगुनटोल सिंचाई योजनामा काम भएको छ । यस्तै वडाभित्रको २ वटा टोलमा विद्युतको तार विस्तार गरिएको छ । शान्ति सगुन टोल र जनशत्ति टोलमा विद्युतको तार विस्तार गरिएको हो । २ फेजको तारले विद्युत प्रयोगमा समस्या आइरहेको गुनासोको आधारमा वडाले २ फेजको तार भएको ठाउँमा ४ फेजको तार विस्तार गरेपछि स्थानीय खुशी छन् ।
यस्तै जुटपानी बजार क्षेत्रको पिचवाटोको साईडमा ढलान गरिएको छ । उपभोक्ता मार्फत ५ लाखको योजना अनुसार पिचबाटोको साईडपट्टीको क्षेत्रमा ढलान गरिएको वडा अध्यक्ष मोक्तानले जानकारी दिए ।








–00–

