रत्ननगरमा डाली र थालि सजाउने तालिम

रत्ननगर,१२ असार । रत्ननगर नगरपलिका वडा नं ८ का महिलाहरुका लागि डाली र थाली सजाउने तालिम सुरु भएकाे छ ।

चित्रसेन मध्यवर्ती सामुदायिक वनकाे आर्थिक सहयाेगमा महिला लक्षित सीप मुलक उपभाेक्ता समितिले आयाेजना गरेकाे साे तालिमकाे वडाध्यक्ष कृष्ण चाैधरीले उद्घाटन गरेका छन् । वनप्रतिकाे निर्भरता हटाउदै महिलाहरुकाे जीवन स्तर परिबर्तन गर्ने उद्देश्यले तालिम आयाेजना गरिएकाे हाे। तालिममा सामुदायिक वन अन्तर्गत टाेल नं ४ का २१ जनाकाे सहभागिता रहेकाे उपभाेक्ता समितिकी सचिव गीता गिरीले जानकारी दिइन ।

साे अबसरमा वडाध्यक्ष चाैधरीले सामुदायिक वनले घाँसकाे अलवा उपभाेक्तालाई सक्षम बनाउने काम पनि गर्छ भन्ने चित्रसेन वनले प्रमाणित गरेकाे बताए । तीन दिने साे तालिमकाे प्रशिक्षकमा प्रतीक्षा पाैडेल रहेकी छन् ।

उपभाेक्ता समितिकी अध्यक्ष सावित्री पुरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सामुदायिक वनकि सचिव रिता थापा, काेषाध्यक्ष नवलकिशाेर मर्दनीया लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सचिव गीता गिरीले सञ्चालन गरेकी थिइन् ।–00–

Share:

सम्बन्धित समाचारहरु