रत्ननगरमा पनि बन्नेभो आधुनिक सुविधायुक्त सिनेमा घर

रत्ननगर, ८ असार । बढ्दो शहरीकरणसँगै पूर्वी चितवनको रत्ननगरमा आधुनिक सुविधायुक्त सिनेमाघर निर्माणहुने भएको छ । रत्ननगर वडा नं. १ मा सेभ सिनेमाज नामको सिनेमाघर निर्माणहुन लागेको हो । सिनेमाघरको आजै(शुक्रवार) शिलन्यास गरिएको छ ।

पहिला ज्योति फिल्महल रहेको ठाउँमा संचालनमा रहेको सेभ सुपरमार्केट संचालनगर्दै आइरहेको सौराहा भेन्चर्स प्रा.लिलेनै सिनेमा घर निर्माणगर्न लागेको हो । वडा नं. १ का वडा अध्यक्ष कुलप्रसाद सापकोटाले सिनेमाघरको शिलन्यास गरेका हुन । एकवर्षभित्र निर्माण सम्पन्न गर्नेगरी यो योजना सुरु गरिएको भेन्चर्सका अध्यक्ष नारायण भट्टराईले जानकारी दिए ।

अहिलेका युवा पुस्ताले रुचाएको आधुनिकशैलीको सिनेमा घर तयार हुनेछ । सिनेमा घरभित्रै रेष्टुरेन्ट लगायतका सेवाहरु समेत रहनेछ । एकैपटक २ सय ५० जनाले फिल्महेर्न पाउनेगरी सिनेमा घर तयारगर्न लागिएको प्रा.लिले जनाएको छ ।  सेभ सुपरमार्केटको परिसरका निर्माण हुन लागेको सिनेमाघर संचालनमा आएपछि चलचित्रहेर्नको लागि भरतपुर जानु पर्ने बाध्यता हट्ने भवन निर्माण उपसमितिका संयोजक दिपक भट्टराईले बताए ।

शिलान्यास कार्यक्रममा बोल्दै वडाध्यक्ष सापकोटाले भेन्चर्सले सेभ सुपरमार्केट सफल रुपमा संचालन गरेकोमा खुसी ब्यक्त गर्दै सिनेमाघर पनि यस्तै सफल हुने विश्वास ब्यक्त गरे । उनले सिनेमाघर संचालनको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । शिलान्यास कार्यक्रम दिपेन्द्र खतिवडाले संचालन गरेका थिए ।–00–

 

Share:

सम्बन्धित समाचारहरु