भारतीय पर्यटक सवार बस धादिङमा दुर्घटना, एक बालकको मृत्यु, १२ जना घाइते

धादिङ, ८ असार । धादिङको गल्छी गाउँपालिका- ७ गल्छी मोडमा भारतीय पर्यटक बस दुर्घटना हुँदा ९ वर्षीय बालकको मृत्यु भएको छ । बसमा सवार ३० यात्रुमध्ये १२ जना घाइते भएको बागमती प्रदेश प्रहरी प्रवक्ता (एसएसपी) दीपक रेग्मीले  बताए ।

काठमाडौंबाट भारतको राजस्थान जाँदे गरेको ए आर ०६-३६३-७०३१ नम्बरको बस दुर्घटना भएको हो । घाइतेहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।

बिहान ९ बजेतिर गल्छी मोडमा अनियन्त्रित भई बस दुर्घटना भएको प्रहरीले बताएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु