भू-उपयोग, भवन तथा वस्ती विकास सम्बन्धि कालिकाकाे नीति तथा कार्यक्रम

कालिका,३ असार । कालिका नगरपालिकाले भू-उपयोग ऐन तथा नियमावली बमोजिमकाे भूमि वर्गीकरणगर्ने नीति तथा कार्यक्रम लिएको छ ।

व्यवस्थित सहर, दीर्घकालीन भू-उपयाेगका लागि भूमिकाे वर्गीकरणकाे आधारमा क्षेत्र लक्षित याेजना लागुगरिनेछ । कालिका नगरपालिकाकाे आज आयाेजना गरिएको नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा भू-उपयोग क्षेत्र वर्गीकरण अनुसार व्यवहारिक मालपोत ( भूमिकर)का दर निर्धारण गरिने उल्लेख छ ।

यस्तै वर्गीकरण अनुसार बस्ती विकास नीति तयार गरिनेछ । साथै एकीकृत बस्ती विकास ( ल्याण्ड पुलिङ्ग ) गर्ने नीति रहेको मेयर विनाेद रेग्मीले जानकारी दिए ।–00–

Share:

सम्बन्धित समाचारहरु