कालिकाले नगरक्षेत्रको दुई ठाउँमा हाइमाक्स लाईट जोड्ने तयारीगर्दै, असार १५गतेभित्रै बल्नेछ झिलिमिलि

कालिका, २ असार । कालिका नगरपालिकाले नगरक्षेत्रको दुई ठाउँमा हाइमाक्स लाईट जोड्ने तयारी गरेको छ ।

 

परीक्षण स्वरुप तत्कालका लागि दुई ठाउँमा हाइमाक्स लाईट जोडन्े तयारी गरेको हो । वडा नं. ६ र ७ को सीमा क्षेत्र क्लब चोक र वडा नं. ७ स्थित सगुन चोकमा गरी दुई ठाउँमा लाईट जोड्ने तयारी गरेको गरिएको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिए ।

१७ मिटर उचाईमा उच्च क्षमता भएको लाईट जडान हुनेछ । लाईंट जडानका लागि पिल्लर बनाउने काम भइरहेको छ । क्बल चोकमा संघीइ बजेटबाट लाईट जडानहुँदैछ भने सुगन चोकमा कालिका वडा नं. ७ को आफ्नै आन्तरिक बजेटवाट लाईट जडानहुँदैछ ।

दुवै ठाउँमा गरी १८ लाख रुपैयाँ खर्च गरेर लाईटजडान गर्न लागिएको हो । यहि असार १५ गतेभित्र काम सम्पन्नगर्नेगरी लाईटजडानका लागि काम भइरहेको कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद उपाध्यायले जानकारी दिए । बढ्दै शहरीकरणरलाई ध्यानमा राख्दै लाईटजडान गर्न लागिएको हो ।

 

यो दुई ठाउँवाट सुरुगर्न लागिएको यो काम प्रभावकारीदेखि नगर क्षेत्रका मुख्य मुख्य बजार क्षेत्रका सबै चोकहरुमा हाइमाक्स लाइट जोडिने छ । चोरी तस्करी नियन्त्रणसँगै बजारक्षेत्रलाई स्मार्ट बनाउन यो लाईट प्रभावकारीहुने विश्वास छ ।–00–

Share:

सम्बन्धित समाचारहरु