चितवन, २ असार । मेडिकल व्यवसायी दुर्गा प्रसाईको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापासहित तीन जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । कालोमोसोका संयोजक थापासहित नविन गैरे र नित्यानन्द रिजाललाई हिजो भरतपुरवाट पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।
भरतपुर आँखा अस्पताल अगाडि कालोमोसो दस्ताको कार्यालय स्थापना गर्ने क्रममा उनीहरुलाई व्यानरसहित पक्राउ गरिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । ‘कालोमोसोको केन्द्रीय कार्यालय स्थापना गर्न लागेको बेला उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई आवश्यक कार्वाहीको विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता पंण्डितले जानकारी दिए ।–00–


