चितवन, ३१ जेठ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जनतालाई झुठो आश्वासन दिएर अलमलमा पार्न नहुने बताउनु भएको छ ।
भरतपुर १८ मा रहेको मुमला क्होइवो गुम्बाको उद्घाटन गर्दै प्रमुख दाहालले बोलेको कुरा पुरा नहुने भए किन आश्वासन दिने भन्दै प्रश्न गर्नुभयो । ‘जनप्रतिनिधिले बोलेको कुरा पुरा गर्नुपर्छ’ उहाँले भन्नुभयो ‘हामी जे बोल्छौ, त्यो पुरा गर्छौ । पुरा नहुने कुरा गर्न हुन्न भन्ने मेरो मन्यता हो।’ भरतपुरलाई यो कार्यकालमा देशकै नमुना पालिकाको रुपमा स्थापित गर्ने संकल्प पुरा गर्ने प्रमुख दाहालको भनाई छ ।
अबको ४ वर्ष कति पनि कति पनि अलमल नगरी भरतपुरको विकासमा अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । भरतपुरको विकासबाहेक मन मस्तिष्कमा कुनै पनि ईच्छा चहाना नरहेको भन्दै प्रमुख दाहालले भरतपुरलाई अब हरियाली र सौन्दर्यकरण गर्नेतर्फ केन्द्रित रहेको उल्लेख गर्नुभयो । नारायणीमा अहिले ५ वटा प्याकेजमा भईरहेको तटबन्धनले तटिय क्षेत्रमा बसोबास गर्ने जनताको समस्यालाई दीर्घकालिन रुपमा समधान गर्ने उहाँले बताउनुभयो ।
वर्षातको समयमा हुने बाढीको जोखिम अब सर्यौ वर्षसम्मको लागि अन्त्य भएको जिकिर गर्नुभयो । वितगको वर्षहरुमा बाढी आउँदा तटिय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा कहाँ लैजाने भन्ने सस्ती हुने गरेकोले यस वर्षदेखि यो समस्या हटेको उहाँले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष बाबुराम राना मगरले भरतपुरको विकासको कार्यलाई अगाडि बढाउन सधै तत्पर रहने बताउनुभयो ।
वडा अध्यक्ष मगरले आगमी योजनाहरु वडा तथा समग्र महानगरको आर्थिक वृद्धि गर्न सहयोग पुराउने धारणा राख्नुभयो ।


–00–


