प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयो : ओली

काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण फितलो भएको प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा समय माग गरेर बोलेका ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल र देशको मर्यादा उल्लंघन भएको बताए ।

प्रधानमन्त्रीको भारत भ्रमण फितलो रह्यो, ओलीले भने । प्रधानमन्त्री दाहालको भ्रमणमा प्रोटोकल पनि नमिलेको भन्दै ओलीले आलोचना गरेका थिए ।

 

प्रधानमन्त्री दाहालले भारतीय अधिकारीहरूसँगको भेटका क्रममा परराष्ट्रमन्त्रीलगायतका मन्त्रीहरूलाई सँगै नराखी प्रमुख स्वकीय सचिव छोरीलाई राखेको भन्दै ओलीले आलोचना गरेका हुन्  । उहाँले परिवारको सदस्य राख्नुभयो । परराष्ट्रमन्त्री कहाँ छन्, अर्थमन्त्री कहाँ छन् रु अरु मन्त्रीहरू कहाँ छन् रु फर्स्ट लेडी भनेको स्पउस ९श्रीमानरश्रीमति० नै हो । परिवारका अन्य सदस्य हैनन् । प्रधानमन्त्रीले मर्यादा राख्नुभएन । प्रोटोकल मिलेन,  एमाले अध्यक्ष ओलीले भने ।

प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराको सट्टा बंगलादेश पुग्ने बाटोसँग साट्नुपर्ने भनेको भन्दै ओलीले आलोचना गरेका छन् ।–00–

Share:

सम्बन्धित समाचारहरु