आज संघीय संसदमा बजेट प्रस्तुत हुँदै

काठमाडौं, १५ जेठ। सरकारले आज आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दै छ ।

 

अपराह्न ४ बजे सरकारकातर्फबाट अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदमा आर्थिक वर्ष २०७८र८१ को बजेट प्रस्तुत गर्नेछन् । उनले संघीय संसदको दुवै सदन ९प्रतिनिधिसभा र राष्ट्रियको संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ ।

अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा १५ जेठमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । यस वर्ष आर्थिक मन्दीका कारण बजेटमा नयाँ कार्यक्रम नराखिएको अर्थमन्त्री महतले बताए । –00–

Share:

सम्बन्धित समाचारहरु