पूर्वगृहमन्त्री खाणले घरबाट बरामद भएको गोप्य कागज इन्स्पेक्टरको हातबाट खोसे, चपाए र निले

काठमाण्डौं,३० बैशाख । भुटानी शरणार्थीका नाममा भएको ठगीमा संलग्नता देखिएपछि कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्न गएको प्रहरी टोलीले मैजुबहालस्थित उनको घरमा खातलासी पनि गरेको थियो । त्यसक्रममा एउटा गोप्य कागज पनि बरामद भएको थियो । तर, एकछिनमै प्रहरीको हातबाट खोसेर खाणले त्यो कागज चपाएर निलिदिएका थिए ।

 

खानतलासी गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका इन्स्पेक्टर राजन लामाले खाणका भान्सेको साथबाट एक पत्र बरामद गरेका थिए । त्यो पत्र खाणले भान्सेमार्फत कसैलाई दिन खोजेका थिए, जसमा ठगी प्रकरणसँग सम्बन्धित विषय भएको स्रोत बताउँछ । त्यो पत्र आफूविरुद्धको बलियो प्रमाण हुने थाहा पाएपछि खाणले खोसेर चपाइदिएको प्रहरीको आकलन छ । त्यस विषयमा प्रहरीले भान्सेको समेत कागज गराएको छ । ‘इन्स्पेक्टरसाब त्यो कागज हातमा लिएर उहाँ ९खाण०लाई गाडीमा हाल्ने प्रयासमा हुनुहुन्थ्यो, त्यही मौकामा खोसेर चपाएर निलिदिनुभयो,’ खाणलाई पक्राउ गर्न गएका परिसरका एक प्रहरीले भने ।

 

खाणले अहिले थुनामा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई सो कागज दिन खोजेको सूचना प्रहरीले पाएको छ । सुरुमा पाण्डेले इन्कारी बयान दिएका थिए । तर, पछि उनको मोबाइलमा आर्थिक लेनदेनका कुराकानी भेटिएपछि पैसा लिएको स्वीकार गर्दै आफ्ना लागि नभई तत्कालीन गृहमन्त्री खाणका लागि लिएको ततिम्बा ९पूरक० बयान दिएका छन् । भाग्न सक्ने तथा प्रमाण नष्ट गर्न सक्ने आकलनकै कारण प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी नगराई जरुरी पक्राउ पुर्जी दिएर खाणलाई पक्राउ गरेको थियो । ‘आफूविरुद्ध पक्राउ पुर्जीको प्रक्रिया अघि नबढेको विषयमा एक–एक अपडेट प्रहरीबाट लिइरहेका रहेछन्,’ प्रहरी स्रोत भन्छ, ‘अदालतबाट पहिले नै पुर्जी जारी भएको भए उनलाई पनि समाउन गाह्रो हुने रहेछ ।’

 

पक्राउ पुर्जीको सूचना चुहिएकै कारण पूर्वउपप्रधानमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझी फरार छन् । नयाँ पत्रिकाले यो समाचार छापेको छ ।

Share:

सम्बन्धित समाचारहरु