दबाबमा पर्दिनँ, कारबाही अघि बढ्छः प्रधानमन्त्री दाहाल

काठमाण्डौं, २३ बैशाख ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीलाई कारबाही गर्ने कुरामा सरकार दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको सरकारको अभियान नरोकिने स्पष्ट पारे । उनले भ्रष्टाचारविरुद्धको अभियान प्रक्रिया र पद्धतिअनुसार अघि बढ्ने बताए । दोषी नछुटाउने र निर्दोषी नफस्ने गरी काम गर्ने प्रतिबद्धता उनले जनाए । “यो अभियान रोकिँदैन । प्रक्रिया, पद्धतिअनुसार दृढताका साथ अघि जान्छ,” उनले भने, “दोषी कोही नछुटून्, निर्दोष कोही नपरून् भन्ने मान्यताबाट हामी अघि बढ्छौँ । म दबाबमा पर्दिनँ, कारबाही अघि बढ्छ ।”–00–

Share:

सम्बन्धित समाचारहरु