काठमाडौं, १७ बैशाख । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा हिजोदेखि वर्षा भएको छ। अझै तीन दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
‘पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो। राति हिजो दिउँसोको भन्दा सिस्टम कमजोर भएकाले वर्षा कम भयो। आज र भोलि पनि वर्षाको सम्भावना छ’, महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले भने- प्रि–मनसुन पनि सक्रिय रहेकाले मेघगर्जन-चट्याङसहित वर्षा हुने र यो क्रम केही दिन जारी रहने मौसमविद् नगरकोटीको भनाइ छ।
आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
–00–



