भरतपुरको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणनागर्ने तयारी, मतपेटीका संकलन भएलगतै गणना सुरू गरिने

चितवन, ९ बैशाख । भोलि आइतबार हुने चितवन- २ को उपनिर्वाचनको मतदानका लागि मतदान केन्द्रहरू तयार भएका छन् । त्यसैगरी भरतपुरको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना हुने भएको छ ।

गर्मी निकै बढेका कारण मतदान केन्द्रमा घाम छेक्न टेन्टको पनि व्यवस्था गरिएको छ । साथै सुरक्षित तवरमा मतगणना सम्पन्न गर्न गणक र दलका प्रतिनिधिबीच तारबारको घेरा तयार गरिएको छ । चितवनमा मतदान स्थल ४३ र मतदान केन्द्र १३८ रहेको निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले बताए । सबै मतदान स्थलमा मतदान केन्द्रहरू तयार भइसकेको चितवन(२ का सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिए ।

 

मतपेटीकाहरू संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर गणना सुरू गर्ने बारेमा निर्णय लिने आचार्यले बताए । सुरू भएको दुई दिनभित्र गणना सक्ने तयारी गरेको उनको भनाइ छ । चितवन(२ मा एक लाख २४ हजार ६९५ मतदाता कायम भएका छन् ।

जहाँ मंसिर ४ मा निर्वाचन हुँदाको भन्दा ४८० मतदाता थपिएका छन् । इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकासहित चितवन(२ मा भरतपुर महानगरपालिकाका २९ मध्ये १० वटा वडाहरू पर्दछन् । चितवन(२ मा दलबाट १२ र स्वतन्त्र १० गरी कुल २२ उम्मेदवार चुनावी मैदानमा छन् ।–000–

Share:

सम्बन्धित समाचारहरु