चितवन – जितनारायणले शक्तिखोरबाट मतदान गर्ने, रवि र रामप्रसादले आफैँलाई मत दिन नपाउने

चितवन,९ बैशाख । चितवन–२ को उपनिर्वाचनका मुख्य प्रतिस्पर्धी तीन जनामा कांग्रेसका जीतनारायण श्रेष्ठले मात्र मतदान गर्न पाउने भएका छन् ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, एमालेका रामप्रसाद न्यौपाने र कांग्रेसका श्रेष्ठमा श्रेष्ठ मात्र चितवन–२ का मतदाता हुन् । लामिछाने काठमाडौँका मतदाता हुन् भने न्यौपाने चितवन–३ का मतदाता भएकोले उनीहरुले आफूलाई मत दिन पाउँदैनन् । श्रेष्ठले कालिका नगरपालिका–९ को चर्तुमुखी माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्ने छन् ।

 

चितवन–२ को उपनिर्वाचनमा २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहे पनि मुख्यतया तीन उम्मेदवार लामिछाने, श्रेष्ठ र न्यौपानेको बीचमा मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु