कोरोनाबाट एकैदिन २ जनाको मृत्यु

काठमाडौं, वैशाख ५

पछिल्लो समय कोरोना संक्रमण फेरी बढ्दै गैरहेको छ । कोरोना संक्रमणबाट आज एकै दिन थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको जनाएको छ ।

यस्तै मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।

Share:

सम्बन्धित समाचारहरु