कालिका, ३ बैशाख । बैशाख १० गते हुने स्थानीय तहको उप निर्वाचन अन्तर्गत चितवन क्षेत्र नं. २ मा उम्मेदवारहरुले घरदैलो अभियानलाई तीब्र बनाएका छन् ।
नेकपा एमालेका तर्फवाट उम्मेदवार भएका रामप्रसाद न्यौपानेले कालिका नगरपालिकाको वडा नं. १, ४, ५ मा घरदैलो गर्र्दैछन् । वडा नं. १ सकेर अहिले वडा नं. ५ मा घरदैलो गरिरहेका छन् । मतदाताहरुलाई आफ्नो पक्षमा मत दिन आग्रहगर्दै घरघर पुगिरहेका उम्मेदवार न्यौपानेले आजै वडा नं. ४ को पनि घरदैलो सक्नेछन् । घरदैलो संगै ठाउँ ठाउँमा कोण सभागर्दै कोणसभालाई संवोधन गर्दै आफ्नो चुनावी ऐजेन्डाको बारेमा जानकारी दिइरहेका छन् ।
युवा नेता न्यौपानेले जनताको घरघरमै पुगेर आफुले गरेको बाचा कहिलै नभुल्ने भन्दै मतदातालाई फकाइरहेका छन् ।
सबै जनताको मनमनमा बस्नेगरी कामगर्छु उनले भनेका छन । सभ्य समाज बनाउने विषयमा आफुले अगुवाई गर्ने उनको भनाई छ । युवा, महिला, जेष्ठनागरिक सबैको बेग्ला बेग्दै समस्या छन् । ति समस्यालाई संवोधन गर्दै भविष्य निर्माणमा आफु सक्रिय भएर लाग्ने मतदाता सामु प्रतिवद्धता जनाएका छन् । अर्को पटक गुनासोगर्ने ठाउँ दिने छैन संवोधनको क्रममा उनले भने ।
चोक चोकमा नेकपा एमालेका नेता कार्यकर्ता नाँच्दै गाउँदै मतदाताको घरघर पुगेर आफ्नो पार्टीको उम्मेदवारलाई भोट हाल्न आग्रह गर्दै हिडेका छन् । उनको घरदैलो कार्यक्रममा केन्द्रीय नेतादेखि जिल्ला स्तरका नेता लगायत विभिन्न पालिकाका अगुवा नेता कार्यकर्ता समेत सहभागी भएका छन् ।
–00–


