चितवनमा मोटरसाईकल चोरी गर्ने ३ जना पक्राउ

फागुन २३ चितवन ।जिल्ला प्रहरी कार्यालय चितवनले चोरीको मोटरसाइकल सहित तीन जनालाई पक्राउ गरेको छन् ।प्रहरीले चोरीको मोटरसाइकल सहित चितवनको कालिका नगरपालिका–५ पदमपुरका अन्दाजी १८ वर्षीय वरुण महतो, सोही ठाउँका २६ वर्षीय मनोज दमै र कालिका–७ का ३३ वर्षीय काञ्जालाल भन्ने बाङदोर्जे लामालाई फागुन १९ पक्राउ गरेको हो ।

गएको १२ गते लंकलाइनमा पार्किङ गरिराखेको ग ७ प ८०७९ नं.को डिस्कभर मोटरसाइकल र ना ४० प ८८९७ नं.को होण्डा कम्पनीको स्कुटर चोरी भएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले स्कुटरसहित चोरीमा संलग्नलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Share:

सम्बन्धित समाचारहरु